माइक्रोसफ्टले एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर...
पुस २०, २०८१ शनिबार
काठमाण्डौ –नेपाली महिलालाई भारत हुँदै खाडीका देशमा पुर्याएर बेच्ने आरोप लागेका एक व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि भारतीय प्रहरीको विशेष ब्यूरोले आफ्नो खोजी सूचीमा रहेका नेपालका लोप्साङ लामालाई दिल्ली प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको हो ।
लामालाई पक्रिन प्रहरीले उनका बारेमा जानकारी दिने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेको थियो । प्रहरीले पक्रिने क्रममा लामा यमुना नदीमा हाम फालेर भाग्न खोजेका थिए । तर पछि प्रहरीले उनलाई पक्रिन सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको साउन ९ गते विहारबाट दिल्ली महिला आयोगले १६ जना नेपाली महिलाको उद्दार गरेको थियो । उनीहरुलाई लामाले भारत हुँदै खाडीका देशमा बेच्न लान लागेको खुलेपछि प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो ।
उनले एक जना महिला पठाए बापत ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको भनाई छ । अहिलेसम्म उनले २४ जनाभन्दा धेरै नेपाली महिलालाई खाडीका देश र त्यहाँबाट अरु देश पठाएको भारतीय प्रहरीको भनाई छ ।
गएको वर्ष भदौमा पनि दिल्ली महिला आयोगले नै दिल्लीबाटै ३९ जना महिलाको उद्दार गरेको थियो । आयोगले उनीहरुलाई बेचेर देह व्यापारमा संलग्न गराउन लागिएको विशेष सूचना पाएपछि उनीहरुको उद्दार गरेको थियो । आयोगले एक हप्ताभित्रमा ७३ जना नेपाली महिलाको उद्दार गरेपछि लामालाई पक्रिन प्रहरीले खोजी थालेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।