आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
संयोजक भट्टराईले संसदमार्फत् जनताको माग सम्बोधन गर्न जिम्मेवार बन्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई जिम्मेवार बन्न पनि आग्रह गर्नुभयो ।
सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना पार्टीका पूर्व सभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल केन्द्र सरकारको मातहतमा राख्न माग गर्दै संसद बैठक अवरुद्ध पारेको थियो ।
त्यसप्रति आपत्ति जनाउँदै संयोजक भट्टराईले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेस संसदमार्फत् जनताको समस्या समाधान गर्न गम्भीर नभएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।
सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’मा सहमति जुटाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
संयोजक भट्टराईले संसद बैठक सुचारु गराउने दायित्व पूरा गर्न सरकारलाई र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सुझाव पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।