आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दुधकोशी जलविद्युत आयोजनाको काममा गरेको अवरोध हटाएका छन् । धितुङका स्थानीय र दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबीच सोमबार तीन बुँदे सहमति भएपछि दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काममा स्थानीयको अवरोध हटेको हो ।
द्वीपक्षीय छलफलमा दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका क्रममा धितुङमा पावरहाउस निर्माण गर्नुपर्ने अवस्थामा सामाजिक उत्तरदायित्वका सम्पूर्ण काम यही ठाउँका स्थानीयलाई दिएर आयोजना सञ्चालन गर्ने, कोर ड्रिलिङको कामलाई आजैका मितिबाट सुचारु गराउने, परीक्षण सुरुङमार्ग निर्माणकाक्रममा धितुङतर्फ मोटरबाटो निर्माण गर्न आयोजना तथा वडा कार्यालयसँग समन्वय गर्ने, तत्काललाई टेष्ट अडिट खन्ने काम सुरु गर्न दिनेलगायतका सहमति भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिनुभयो ।
स्थानीयसँग समन्वय नगरी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमामा पर्ने ३ सय मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस र सुरुङ निर्माणका लागि भौगर्भिक अध्ययनको काम सुरु गरिएको भन्दै स्थानीयले पुस २० गतेदेखि आयोजनाको काम ठप्प बनाएका थिए ।
दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना प्रमुख बसन्तध्वज श्रेष्ठ, आयोजना प्रशासन अधिकृत सीताराम तरबाडे, दुधकोसी रँभुवा–धितुङ रातेखोला सरोकार तथा संघर्ष समितिकातर्फबाट संयोजक निरकुमार राई र सचिव रमेश राईबीचमा आयोजनाको काम अघि बढाउनका लागि लिखित सहमति भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।