तालिमकाे भत्ता बुझेकाे हस्ताक्षर गराएर रकम नदिएको शिक्षकहरुको गुनासो

 माघ ८, २०७५ मंगलबार १४:५:२८ | उज्यालो सहकर्मी

अर्घाखाँची - अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले शिक्षकलाई भरपाई गरेर रकम नदिएको खुलासा भएको छ ।

पुस ३० गतेदेखि माघ ६ गतेसम्म अँग्रेजी माध्यमको सिकाइ प्रवर्द्धनात्मक तालिममा सहभागी शिक्षकहरुलाई भरपाईमा हस्ताक्षर गराएर पनि रकम नदिइएको खुलासा भएको हो । 

दैनिक रुपमा ५ सय रुपैयाँ पाउने गरी सबै शिक्षकलाई १ हप्ताको भरपाई गराइएको थियो । तर भरपाई गराएपनि रकम नपाएको शिक्षकहरुले गुनासो गरेका छन् ।

तालिममा सहभागी एकजना शिक्षकले नाम नछाप्ने सर्तमा रकम बुझेको भरपाईमा हस्ताक्षर गराइए पनि अहिलेसम्म रकम भने नदिएको बताए । ३ सय शिक्षकको ७ दिनको रकम जम्मा गर्दा हुने १० लाख ५० हजार रुपैयाँ गाउँपालिकाभित्रै बेपत्ता भएको छ । 

तालिममा सहभागी भएकाहरुलाई टेलिफोनबाट सोध्दा रकम नबुझेको प्रतिक्रिया दिएका छन् । सबैको भनाइ एउटै रहेको छ, ‘हस्ताक्षर गरेका छौँ तर रकम बुझेका छैनौँ  ।’

मालारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासिनीले २० लाख खर्च भएको स्वीकार गर्नुभएकाे छ । उहाँले सहभागी सबै शिक्षकले सरकारी नियम अनुसार भत्ता बुझेको बताए । ३१ जना प्रशिक्षक रहेको उक्त कार्यक्रममा ३ सय भन्दा बढी शिक्षक सहभागी थिए ।

तालिमको प्रमाणपत्रमा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासिनी लगायतले हस्ताक्षर गरेका छन् ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया