आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
कैलाली - अत्तरियामा महोत्सव हेरेर फर्किने क्रममा एकजनाकाे ज्यान जाने गरी आक्रमण गर्नेमध्ये थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै गोदावरी-१ का २० वर्षीय अरुण भट्टलाई खुकुरी प्रहारी गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा गोदावरी–२ का १९ वर्षीय राजु कठायत, त्यसै ठाउँका १९ वर्षीय बिरेन्द्र शाह र २० वर्षीय प्रमेश मगरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले कठायत र मगरलाई धनगढीबाट र शाहलाई गोदावरीबाट पक्राउ गरेको हो । मृतक भट्टलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनिहरुलाइ पक्राउ गरेको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।