आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाडौं – काठमाण्डौको गोंगबुमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
हतियार बोकेको भन्ने विशेष सूचनाको आधारमा गोंगबुको एक गेष्टहाउमा बसेका काभ्रे घर भएका अभिलाश तामाङलाई पक्राउ गर्न जाँदा गोली चलेको हो ।
प्रहरीले चलाएको गोली तामाङको खुट्टामा लागेको छ । तामाङलाई पक्राउ गर्न हनुमानढोकाबाट प्रहरीको टोली खटिएको थियो ।
गोली प्रहार गरेर तामाङलाई पक्राउ गर्न सफल भएको हो । तामाङको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद भएको र घाइते तामाङको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।