आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको गाडी भाडा समायोजन गर्ने तयारी गरेको छ ।
काठमाडौं उपत्यकामा १४ रुपैयाँदेखि २७ रुपैयाँसम्म भाडा तोकिएको छ । तर १४ रुपैयाँ तिनुपर्ने ठाउँमा पनि खुद्रा पैसा नभएको भन्दै गाडीले १५ रुपैयाँ लिने गरेका छन् । यस्तै १६ रुपैयाँ भाडा रहेको ठाउँमा खुद्रा भएन भन्दै कहिलेकाँही यात्रुले १५ रुपैयाँ दिने गरेका छन् ।
खुद्रा पैसाकै कारण कहिलेकाँही यात्रु र गाडीका सहचालकबीच विवाद पनि हुन थालेपछि यातायात व्यवस्था विभागले खुद्रा पैसाको समस्या समाधान गर्न थालेको हो ।
‘अहिले खुद्रा पैसाकै कारण धेरै टेन्सन भएको गुनासो आइरहेको छ, त्यसैले हामीले त्यसलाई समायोजन गर्न तयारी थालेका छौं,’ यातयात व्यवस्था विभागका निर्देशक गोकर्ण उपाध्यायले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘भाडा समायोजन गर्दा १५ या २० रुपैयाँ हुन सक्छ, हामीले कसैलाई पनि मर्का नपर्नेगरी भाडा निर्धारणको प्रयास गरेका छौं ।’
सरकारले गएको असोज ७ गते गाडीभाडा १० प्रतिशतले बढाएको थियो । तेलको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनेबित्तिकै भाडा समायोजन हुने व्यवस्था छ ।
तर पछिल्लोपटक भाडा बढेयता डिजलको भाउ ६ रुपैयाँ घटेपनि भाडा समयोजन भएको छैन ।
भाडा समायोजनको लागि मंसिरभित्र प्रतिवेदन बुझाउनेगरी विभागका प्राविधिक इन्जिनियर प्रेम सिंहको नेतृत्वमा समिति बनाइएको थियो । तर समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।