नेपालमा ढुक्क भएर लगानी गर्न विश्व समुदायलाई प्रम ओलीकाे आग्रह

 माघ ८, २०७५ मंगलबार २०:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनितिक परिवर्तनबाट परिपक्व भैसकेकोले ढुक्क भएर लगानी गर्न विश्व समुदायसामु आग्रह गर्नुभएको छ ।

स्विजरल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक परिषद्को बैठकको दक्षिण एसियाको रणनितिक दृष्टीकोण  विषयक छलफलमा प्रधानमन्त्री ओलीले नेपालले आर्थिक र राजनितिक हिसावले अर्को चरणमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले नेपालले बनाएको संघीय प्रणालीको संविधानले सुशासनसहितको विकास र सुखी नेपाली समृद्ध नेपालको कल्पना गरेकाले त्यसै अनुसारको काम भैरहेको बताउनुभयो । नेपालमा धेरै युवा जनशक्ति भएपनि देशमा आर्थिक विकासका गतिविधि कम हुँदा त्यसको सदुपयोग हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको खाँचो भएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया