आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
बाँके – नेपालगञ्जमा अति ब्यस्त चोक तथा स्थानमा बुधबारदेखि घुम्ती शौचालको सेवा सुरु भएको छ ।
घुम्ती शौचालय बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चोक आसपास राखिएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताउनुभयो । एउटा शौचालय एकपटकमा ६ जनाले प्रयोग गर्न मिल्ने खालको छ । चारवटा घुम्ती शौचालय करिब ५९ लाख रुपैयाँमा खरिद गरिएको हो ।
एसियाली विकास बैङ्कको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत हिरिमिनियामा घुम्ती शौचालय पनि ल्याइएको हो । ल्याण्ड फिल साइटको निर्माण सम्पन्न भएपछि घुम्ती शौचालयको मलमुत्र त्यसमै व्यवस्थापन गरिने भएको छ ।
घुम्ती शौचालय संचालन गर्न पहिलो चरणमा तीन महिनाका लागि ६५ हजारमा ठेक्का दिइएको छ । । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेललगायतको उपस्थितिमा बुधबार घुम्ती शौचालयको सेवा सुरुवात गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।