खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउड चलचित्र उद्योगमा डेब्यू गर्नुअघि देखि नै चर्चा बटुल्न सफल अभिनेत्री हुन सारा अली खान । उनले फिल्म ‘केदारनाथ’ मार्फत बलिउड डेब्यू गरिन् । यस फिल्ममा सारा अली खान र अभिनेता सुशान्तसिंह राजपुतबीचको केमेस्ट्री दर्शकले निकै रुचाए ।
यस फिल्मबाहेक उनको दोस्रो फिल्म ‘सिम्बा’ रिलिज भयो त्यसमा उनी अभिनेता रणवीर सिंहको जोडी थिइन् । फिल्म ‘सिम्बा’ बक्स अफिसमा सुपरहिट भयो ।
सारा अली खान कहिले उनको फिल्मका कारण त कहिले उनले अन्तरवार्तामा देखाएको ट्यालेन्टका कारण चर्चामा छाइरहेकी छिन् । सारा अली खानले हरेक अन्तरवार्तामा आफू कार्तिक आर्यनकासाथ डेटमा जान चाहेको कुराले पनि चर्चामा छाइरहिन् तर अहिले भने उनी कार्तिक आर्यन नभई उनकै डेब्यू फिल्मका अभिनेतालाई डेट गरिरहेको खबर सार्बजनिक भएको छ ।
२१ जनवरीमा सुशान्तसिंह राजपुतको जन्मदिन थियो । देहरादुनमा रहेकी सारा अली खान सुशान्तको जन्मदिनका लागि मुम्बई फर्किएकी थिइन् । उनी केक लिएर सुशान्तलाई भेट्न पुगिन् । सुशान्तको जन्मदिन मनाइसकेपछि सारा र सुशान्त डिनर डेटमा गएका थिए ।
लामो समयसम्म टेलिभिजन अभिनेत्री अंकिता लोखण्डेका साथ सम्बन्धमा रहेका सुशान्तसिंह राजपुतले बलिउड डेब्यू गरेपछि अंकितासँग ब्रेकअप गरेर फिल्म ‘राब्ता’ की सह अभिनेत्री कृति सेननलाई डेट गरिरहेका थिए ।
तर कृतिकासाथ पनि उनको सम्बन्ध अगाडि बढ्न सकेन । त्यसयता सुशान्त एक्लो थिए । अभिनेत्री सारा अली खान पनि एक्ली नै थिइन । तर अहिले सारा र सुशान्त बलिउडका नयाँ जोडी बनेका खबरहरु सार्वजनिक भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।