वैशाखका लागि ३ वटा वाणिज्य बैंकको ब्याजदर घट्यो

 चैत ३१, २०८१ आइतबार १५:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैशाख महिनाका लागि सानिमा, कुमारी र नेपाल बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट बैंकले ०.६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

२० वटा वाणिज्य बैंकमध्ये १६ वटा बैंकले वैशाख महिनाका लागि पनि ब्याजदर स्थिर राखेका छन् । वैशाखमा औसत ब्याजदर स्थिर छ । चैतमा ५ दशमलव ९८ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा पनि उही विन्दुमा रहेको हो ।

व्यक्तिगत मुद्दतीतर्फ वैशाखमा सबैभन्दा बढी एभरेस्ट बैंकले ६ दशमलव ६१ प्रतिशत ब्याज दिनेछ । सबैभन्दा कम ब्याज नेपाल बैंकको ५ दशमलव १५ प्रतिशत रहेको छ ।

निजी क्षेत्रमा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलताको चाप परेको छ । छोटो समयमा ब्याजदरमा आउने उतारचढावले लगानीको निर्णय गर्न गाह्रो भएको सरकारबाट गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया