आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
नुवाकोट – आफ्नै छोरीलाई बेचेको आरोपमा बुवा पक्राउ परेका छन् ।
जिल्लाको दूर्गम क्षेत्र दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिका बेचेको आरोपमा उनकै बुवासहित दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आफ्नी छोरीलाई भारतमा यौन व्यवसायीको रुपमा लगाउने उद्धेश्यले बेचेको आरोपमा बाबुसहित घटनामा संलग्न तीनजनालाई पक्राउ गरेर मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो ।
गएको पुस २२ गते घरबाट बालिकालाई काठमाण्डौ हुँदै भारतको दिल्ली पुर्याएको प्रहरीले जनाएको छ । दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।