प्रचण्डले ४ दिन घर छाड्न नपाउने, विना आज डिस्चार्ज हुने, सीता केहीदिन अस्पतालमै

 माघ ९, २०७५ बुधबार १७:२९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । 

भाइरल ज्वरोबाट पीडित भएपछि मंगलबार प्रचण्ड ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा केही सुधार भएपछि डिस्चार्ज भएर निवासमा लगिएको छ । 

उहाँलाई कम्तिमा ४ दिन घरबाहिर ननिस्कन डाक्टरले सुझाव दिएका छन् । 

‘उहाँलाई कम्तिमा ४ दिन घरबाहिर नजान डाक्टरले सुझाव दिएका छन्, उहाँ डाक्टरकै निगरानीमा रहनुहुनेछ’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

खानेपानीमन्त्री मगर आज बेलुकी डिस्चार्ज हुने

भाइरल ज्वरोले सताएपछि सोमबार राति सुमेरु अस्पतालमा भर्ना भएकी खानेपानीमन्त्री तथा प्रचण्डकी बुहारी विना मगरको स्वास्थ्यमा पनि सुधार हुँदै गएको छ । उहाँलाई पनि केही दिन भिडभाड र धुलोधुँवामा नजानेगरी बुधबार बेलुकी डिस्चार्ज गरिने पारिवारिक स्रोतले जनाएको छ । 

सीता दाहाल केही दिन अस्पतालमै

रुघाखोकी, ज्वरो र चिसोले सताएपछि आइतबार अस्पताल भर्ना भएकी प्रचण्डपत्नी सीता दाहालको पनि सुमेरु अस्पतालमा उपचार भैरहेको छ ।  उहाँलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने डाक्टरहरुले जनाएका छन् । सीतालाई सुगर, प्रेसर र पाठेघरको समस्या छन् । गएको वर्ष छोरा प्रकाशको निधन भएपछि सीतामा अरु समस्या पनि थपिएका छन् । 

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया