आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदलाई सरकारले आफ्नो विभागीय कार्यालय जसरी प्रयोग गर्न खोजेको आरोप लगाउनुभएको छ ।
काठमाण्डौमा रिपाेर्टस् क्लबकाे कार्यक्रममा थापाले सभामुखलाई सत्तारुढ पार्टीको संसद वा मन्त्रीले आदेश दिने र त्यसै अनुरुप सभामुखले संसद चलाउन खोज्नुले संसद सरकारको कुनै विभागीय कार्यालय जस्तो बन्न खोजेको बताउनुभयाे ।
सरकारले संसदको सर्वोच्चतामाथि नै प्रहार गरेको भन्दै थापाले सभामुख पनि पूर्वाग्रही ढंगले चल्न खोजेको बताउनुभयो । सत्तारुढ दलका सांसदले खुला मञ्चबाट, चोक चौताराबाट भोलि यसरी संसद चल्छ भनेर फतवा जारी गर्ने र सभामुख त्यसैगरी चल्दै जान खोज्नुले सार्वभौम संसदको सर्वोच्चातामाथि प्रश्न उठ्ने बताउनुभयो ।
‘सभा चलाउने सभामुखले हो । सभामुखले कसैको आदेश तामेली गर्ने वा अरुको आदेश मान्दै हिँड्ने हो भने संसदको सर्वोच्चतामै प्रश्न उब्जन्छ,’ थापाले भन्नुभयो ।
प्रतिपक्षीलाई देखाइदिन्छु भन्ने सोचले सभामुख पनि सत्तापक्षको लहडमा लागे शुक्रबार बस्ने संसद पनि अवरुद्ध गर्न कांग्रेस बाध्य हुने उहाँले बताउनुभयो ।शुक्रबार बस्ने बैठक अघि बढ्ने वा नबढ्ने भन्ने कुरा सभामुख र सरकारमा निर्भर रहेको पनि थापाले बताउनुभयो ।
सदन अघि बढाउने सवालमा अहिलेसम्म सभामुख र सरकारले प्रतिपक्षसँग छलफलको पहल नगरेको भन्दै उहाँले भोलिसम्म आफूहरु कुरेर बस्ने बताउनुभयो ।
बसेकै ठाउँबाट विधेयक पास गर्ने कुरा सत्तारुढ दलले गरेको भन्दै उहाँले विगतको कुरालाई ल्याउने हो भने ५८ दिनसम्म पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई संसद छिर्न नदिएको कुरा नभुल्न सचेत गराउनु भयो ।
विगतमा भएका कमीकमजोरीलाई अंगालेर अघि हिँड्ने कि राम्रा काम गर्दै अघि हिँड्ने त्यो सरकारमा निर्भर रहेको थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।