मौसम बदली भएको यो बेला स्वास्थ्यमा पर्ने असर र ध्यान दिनुपर्ने कुरा

 माघ ११, २०७५ शुक्रबार ९:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माघे झरीसँगै मौसम बदली भएको छ । चिसो पनि बढेको छ  । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन पनि गाह्रो हुन्छ । त्यसैले मौसमको फेरबदलले जोखिम पनि बढाइरहेको छ । 

चिसोको असर :

  • शरीरले बहिरी वातावरणमा समायोजन हुन गाह्राे हुन्छ । 
  • पहिलादेखिको रोगी छ भने झन धेरै असर गर्छ । 
  • मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ । 
  • युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ । 
  • रुघाखोकी लाग्ने सम्भाबना धेरै हुन्छ  । 
  • चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्ने र यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ? 

  • एकै वाक्यमा भन्दा न्यानो कपडा लगाउने नै हो । 
  • सिमेन्टको घर आफैंमा धेरै चिसो हुने भएकाले घरमा बस्दा पनि राम्रोसँग कपडा लगाउनुपर्छ । 
  • आगो ताप्ने ।
  • चिसो खानेकुरा सकेसम्म नखाने । 
  • धेरै मात्रामा झोलिलो खानेकुरा खानुपर्छ । यसमा पनि धेरै नुनिलो खानु हुँदैन  ।
  • पौष्टिक खाने कुरामा जोड दिनुपर्छ ।  
  • बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।
  • मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
  • समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

(टेकु अस्पतालका डा. शेरबहादुर पुनसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )
  

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया