आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - सरकारले ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिनुभएको हो ।
शुक्रबार संघीय संसद अन्तरगतको अर्थ समितिको बैठकमा मन्त्रालयको भावी कार्ययोजनाबारे जानकारी गराउँदै उहाँले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको एउटै काममा थुप्रै बजेट खर्च हुने गरेको उल्लेख गर्दै अब त्यसलाई सदुपयोग गरेर अघि बढ्न पनि छुट्टै कम्पनी बनाउने तयारीमा सरकार लागेको स्पष्ट पार्नु भयो ।
खन्ने र पुर्ने काममा मात्रै बजेट खर्च हुने गरेकाले त्यसलाई अन्त्य गर्न पनि सरकारले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणका लागि ठोस योजना बनाउन छुट्टै कम्पनी बनाउने सोच अघि सारेको मन्त्री बाँस्कोटाको भनाइ छ ।
मन्त्री बाँस्कोटाले सो कम्पनी नेपाल टेलिकमको मातहतमा रहने र त्यसले विस्तार गर्ने फाइबर, टावरलगायतका काममा निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक संस्थाहरुले पनि लगानी गर्ने कानुनी व्यवस्था गर्ने योजना पनि अघि सार्नुभयो ।
थोरै लगानीमा धेरै प्रतिफल दिने भएकाले पनि सो कम्पनी सरकार र निजी क्षेत्र दुवैका लागि फाइदाजनक हुने मन्त्री बाँस्कोटाको दावी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।