आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को सुधार भएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको टर्मिनल भवनमा बच्चालाई स्तनपान गराउन र खेल्ने सुविधासम्पन्न कक्षको शुक्रबार उद्घाटन भएको छ । स्तनपान गराउने र बालबालिकालाई खानेकुरा दिएर दुवै कक्षको उद्घाटन गर्नुभएको हो ।
कक्षमा अब बालबालिका रमाउन सक्नेछन् र कसैको संकोचविना आमाले बालबालिकालाई स्तनपान गराउन सक्नेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले हराएका सामान र भेटिएका सामान सजिलै पत्ता लगाउन छुट्टै कक्ष पनि बनाएको छ ।
‘लस्ट एन्ड फाउन्ड कक्ष’ मा हराएका सामानको रिपोर्ट गर्न सकिनेछ भने भेटिएका सामान पनि त्यहिँ गएर लिन सकिने छ ।
यो डेस्क स्थापनापछि यात्रुहरुलाई धेरै सहज हुने विमानस्थलले जनाएको छ ।
तश्विर सूनिता भारद्धाजको फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।