कोरियामा रोजगारीको सिलसिलामा मृत्यु भएका शेर्पाको परिवारलाई आर्थिक सहयोग

 माघ ११, २०७५ शुक्रबार २०:५९:५ | उषा तामाङ
unn.prixa.net

दोलखा – कोरियामा रोजगारीको सिलसिलामा मृत्यु भएका दोलखाका आङकामी शेर्पाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । 

कोरियाको जिन्जुमागएको कात्तिक ९ गते हृदयघातका कारण मृत्यु भएका दोलखाको गौरिशंकर गाउँपालिका ९ का स्वर्गीय शेर्पाको परिवारलाई १० लाख ८ हजार १ सय ९३ रुपैयाँ हस्तान्तरण गरिएको छ । 

उक्त रकम शुक्रबार प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले मृतकका परिवार युटेन शेर्पालाई हस्तान्तरण गर्नुभयो । 

कोरियामा रहेका नेपालीबाट संकलन गरी नेपाल पठाइएको उक्त रकममध्ये ५ लाख ५१ हजार ३ सय ९३ रुपैयाँ मृतकका छोरा र छोरीको नाममा बैंकमा जम्मा गरिएको छ भने ४ लाख ५६ हजार ८ सय रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरिएको छ ।

कोरियामा कार्यरत नेपालीबाट रकम संकलन गरी मृतकको परिवारलाई सहयोग प्रदान गरेको दोलखाली समाज कोरियाका अध्यक्ष सरोज केसीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया