भारतबाट अपहरणमा परेका बालक नेपाल प्रहरीले राैतहटबाट उद्धार गर्‍याे

 माघ ११, २०७५ शुक्रबार २०:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - भारतको पूर्वी चम्पारण जिल्लाको रमगढवाबाट चार दिनअघि अपहरणमा परेका ५ वर्षीय बालकलाई प्रहरीले उद्धार गरी शुक्रबार परिवारलाई शुक्रबार जिम्मा लगाएको छ ।

बालकलाई अपहरण गरी रौतहटको मौलापुर नगरपालिकामा राखिरहेको अवस्थामा रौतहट प्रहरीले उद्धार गरेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त सूचनाको आधारमा शुक्रबार दिउँसो मौलापुर नगरपालिकाको वडा नम्बर-७ सरैया टोलमा विन्दा साहको घरमा छापा
मारेर प्रहरीले बालकलाई अपहरणमुक्त गराउन सफल भएको हो । 

रौतहट प्रहरीका एसपी केदार ढकालले भारतबाट अपरहण गरेर रौतहटको मौलापुरको सगैयामा साहको घरमा राखेको खबर पाएपछि जिल्ला प्रहरी
कार्यालय गौरबाट गएको प्रहरी टोलीले बालक गिरीलाई सकुशल अपहरणमुक्त गराउन सफल भएको बताउनुभयारे ।

अपहरित बालकलाई आश्रय दिने मौलापुर सगैयाका विन्दा साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको बताउँदै सीमापारी-वारी हुने
आपराधिक घटनाहरुलाई निरुत्साहित गर्न काउण्टर पार्टसको मिटिंगमा भएको सहमति अनुसार नै उक्त कार्यमा संलग्न नेपाली व्यक्तिलाई नेपालमै कारबाही गरिने तथा अपहरित बालकलाई भारतीय प्रहरीको रोहवरमा बालकको आफन्तको जिम्मा लगाइएको प्रहरीकाे भनाइ छ ।

भारत विहार रक्सौल प्रहरीका डीएसपी संजय झाले गत सोमबार अपहरणमा परेका बालक गिरीलाई उद्धार गरी जिम्मा लगाएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएकाे पनि राैतहट  प्रहरीले जनाएकाे छ छ ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया