बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा अन्य पाँचजना घाइते

 माघ १२, २०७५ शनिबार १२:१०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – बिरामी बोकेर आएको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । शुक्रबार राति सूर्यविनायक नगरपालिका  १० साँगा मुसे गणेश मन्दिर नजिक सिराहा लाहानबाट सवारी दुर्घटनाको घाइते बोकेर काठमाण्डौतर्फ आँउदै गरेको ज १च १४९० नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको हो ।

यादव सेवा समाजले सञ्चालन गरेको एम्बुलेन्स सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो । 

दुर्घटनामा बिरामी धनुषा जिल्ला ढल्केबरका ७१ वर्षीय झलकबहादुर खड्कासहित अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको न्युरो अस्पताल बाँसबारीमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो । 

एम्बुलेन्स चालक दोलखा सिँगटी घर भई काठमाण्डौको कपन बस्दै आएका २५ वर्षीय सन्तोष तामाङको मध्यपुर अस्पताल थिमीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि  त्रिवि शिक्षण अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । 

अन्य घाइते हुनेमा सर्लाही लालबन्दी न.पा. १४ का २१ वर्षीय  को बीरबहादुर लुङ्गेली, उदयपुर कटारी बस्ने ३५ को मोहनबहादुर न्यौपाने , धनुषा ढल्केबरकै ३७ वर्षकी घनकुमारी खड्का र ७१ वर्षीय बाटुला खड्काको न्युरो अस्पताल बाँसवारीमा थप उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया