प्राधिकरण भन्छ : बसमा करेन्ट लागेर मानवीय क्षति हुनुमा हाम्रो लापरवाही छैन

 माघ १२, २०७५ शनिबार १२:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले धनुषाको सबैला नगरपालिका—४ कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति हुनुमा आफ्नो लापरबाही नरहेको प्रष्ट पारेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्यांकाले त्यहाँ रहेको ११ केभी प्रसारण लाइनको नांगो तारमा छुँदा करेन्ट प्रवाह भएको बताउनुभयो । 

‘समाचारमा आएजस्तो प्रसारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ’ उहाँले भन्नुयो, करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजका गाडी त्यहाँबाट गएको थियो त्यसमा केही भएन तर करेन्ट लागेको गाडीको छतमा  ट्यांका राखिएको र त्यसले नाँगो तारमा छुँदा दुर्घटना भएको हो, यसमा चालकले ध्यान नदिएको देखिन्छ ।’ 

सबैला नगरपालिकाले प्राधिकरणको लापरबाहीले घटना भएको आरोप लगाएको थियो । कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कँदैं गरको बसमा शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा ६ जनाको ज्यान गएको थियो । घाइते ६ जनाको जनकपुर अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया