आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
दोलखा – पर्यटकीय ठाउँ जिरी नगरपालिका पुग्ने आन्तरिक पर्यटकको लागि विशेष छुट सहितको प्याकेज ल्याइएको छ ।
उद्योग वाणीज्य संघ जिरी शाखाको अगुवाईमा बसेको जनप्रतिनिधि, होटल व्यवसायी सहितको बैठकले जिरी पुग्ने आन्तरिक पर्यटकको लागि कोठा भाडामा ५० प्रतिशत छुट दिइने निर्णय गरिएको हो । यो योजना माघ १५ गतेदेखि सुरु भई बैशाख पहिलो हप्तासम्म लागू हुनेछ ।
बस्नमा ५० प्रतिशत छुट दिने निर्णय गरिए पनि खानामा भने विशेष छुट दिने उद्योग वाणीज्य संघ जिरी शाखाले जनाएको छ ।
जिरी नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलले आन्तरिक पर्यटकलाई बस्नका लागि ५० प्रतिशत छुट दिनेछन् ।
नेपालको स्विटजरल्याण्ड भनेर चिनीने पर्यटकीय नगरी जिरीमा पर्यटकको संख्या बढाउने उद्देश्यका साथ यस्तो योजना ल्याइएको जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले जानकारी दिनुभयो ।
भूकम्पपछि जिरीमा सुविधा सम्पन्न होटल तथा लजहरु सञ्चालनमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।