डाक्टर केसीकाे समर्थनमा शिक्षण अस्पतालमा आवासीय डाक्टरहरुको भेला

 माघ १३, २०७५ आइतबार १४:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले कुनै  पहल नगरेपछि नेपाल चिकित्सक संघले अब के गर्ने भन्ने बारेमा छलफलमा जुटेको छ । 

शिक्षण अस्पतालमा अहिले आवासीय डाक्टरहरुको छलफल चलिरहेको छ । डाक्टर केसीको अनसन तोडाउन दिएको ७२ घण्टाको समयमा पनि सरकारले कुनै पहल नगरेपछि थप छलफलमा जुटेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले बताउनुभयो ।

यस्तै, डाक्टर केसीको समर्थनमा आवासीय चिकित्सकले आइतबार पनि आकस्मिक बाहेकका कक्षमा उपचार सेवा बहिष्कार गरेका छन् । उनीहरुले डाक्टर केसीका  माग पूरा गरेर उहाँको जीवनरक्षा गर्न माग गर्दै आएका छन् । 

डाक्टर केसी चिकित्सा शिक्षा विधेयक परिमार्जनसहित ६ बुँदे माग राखेर १६ औं पटकको अनसनमा बसेको आज १९ दिन भएको छ । तर सरकारले अहिलेसम्म केसीसंग वार्ताको पहलसमेत नगरेको भन्दै समर्थकहरु रुष्ट भएका छन् । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया