आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ - वीरगञ्जबाट सोमबार झण्डै डेढ क्विन्टल कालो मरिच भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
वीरगञ्जबाट भारततर्फ लगिरहेको अवस्थामा छपकैयाँबाट डेढ क्विन्टल मरिच बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्ल नेतृत्वको टोलीले छपकैयाँबाट ६ बाेरा (झण्डै डेढ क्विन्टल) मरिच बरामद गरेको हो ।
कलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आयात भएको मरिच नेपालबाट पुनः भारततर्फ नै तस्करी हुने गरेको छ । मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा दोब्बर मूल्यमा बिक्री हुने गरेकाले तस्करी बढेको प्रहरीले जनाएको छ ।
बरामद मरिचको बजार मूल्य झण्डै १ लाख भन्दा बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ । यस अघि पनि प्रहरीले पटक पटक भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा मरिच बरामद गरेको थियो ।
यस्तै सीमावर्ती बजार रक्सौलबाट भन्सार छलेर वीरगञ्ज भित्र्याइरहेको झण्डै एक लाख रुपैयाँ मूल्यको कार्पेट पनि बरामद भएको सशस्त्र प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
बरामद मरिच र कार्पेट वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।