आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
श्रेष्ठले भन्सारमा रहँदा सुन तस्करीमा सहयोग गर्ने गरेको र अन्य विभिन्न श्रोतबाट गैरकानुनी आर्जन गरेको भन्दै आयोगमा उजुरी परेकाले छानबिन गर्दा करोडौँ गैरकानुनी आर्जन गरेको भेटिएपछि मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।
श्रेष्ठ ३३ किलो सुन प्रकरणमा संलग्न रहेको भन्दै कारबाही प्रकृया अघि बढाएपछि २०७३ मंसिरदेखि उनी निलम्बनमा छन् । श्रेष्ठले सरकारी सेवा प्रवेशपछि अहिलेसम्म ९ करोड ६३ लाख रुपैयाँ उनको परिवारले वैधानिक रुपमा आर्जन गरेको देखिए पनि लगानीमा त्यसको दोब्बरभन्दा बढी गरेको भेटिएकाले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।
श्रेष्ठले आयभन्दा झण्डै दोब्बर १९ करोड ७४ लाख ५५ हजार रुपैयाँ फ्ल्याट, शेयर तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।
वैधानिक रुपमा श्रोत खुलेको ९ करोड ६३ लाख रुपैयाँ श्रेष्ठले लगानी गरेको १९ करोड ६३ लाख ५५ हजारबाट घटाउँदा पनि १० करोड ११ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको देखिएको छ ।
श्रेष्ठलाई ४ करोड ४९ लाख रुपैयाँ विगोसमेत गरी १४ करोड ६१ लाख २४ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको अख्तियारले दायर गरेको मुद्धामा उल्लेख छ ।
श्रेष्ठले जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाई रामकृष्ण श्रेष्ठ र भाईबुहारी रविना प्रधानाङ्गको नाममा सम्पत्ती राखेको अख्तियारले जनाएको छ ।
सम्पत्ती जफत गर्ने प्रयोजनमा संलग्न उनीहरुलाई पनि प्रदिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।