शहीदको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई प्रधानमन्त्रीको आह्वान

 माघ १६, २०७५ बुधबार १२:३८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई आह्वान गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको असहमति, आलोचना र विरोधलाई छाडेर देशलाई सम्पन्न र समृद्ध बनाउने शहीदहरुको सपना साकार पार्ने दायित्व बिर्सन नहुन बताउनुभयो । शहीद सप्ताहको अन्तिम दिन बुधबार काठमाण्डौको लैनचौरमा रहेको शहीद पार्कमा शहीदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शहीदहरुको सपनालाई साकार पार्न सरकारले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियानलाई दृढताकासाथ अघि बढाइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सुशासन र तीव्र आर्थिक विकासको माध्यमबाट देशलाई अघि बढाउन सिंगो देशनै केन्द्रित भएर लागि परेको दाबी गर्नुभयो । उहाँले शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र, सामाजिक न्याय र समानतासहितको अधिकार प्राप्त भएको उल्लेख गर्दै अब कुनै पनि नागरिकले अधिकारका लागि जीवन बलिदान दिनुपर्ने अवस्थाको अन्त्य भएको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा बोल्दै काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहीदहरुको सपना पूरा गर्ने काममा एकताबद्ध भएर अघि बढन सबैलाई आग्रह गर्नुभयो । उहाँले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई अघि बढ्न नदिने प्रयास पनि सुरु हुन थालेको भन्दै त्यसलाई निष्तेज पारेर अघि बढनुपर्ने आवश्यकता भएको पनि औँल्याउनु भयो । 

यसै अवसरमा प्रधानमन्त्री ओलीले देश र जनताको मुक्तिका लागि जीवनको आहूति दिएका चार शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा पुष्पगुच्छासहित माल्यार्पण गर्नु भएको थियो । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया