आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्र, लोकतन्त्रको आभास व्यवहारिक रुपमा अझैसम्म पनि हुन नसकेको बताउनुभएको छ ।
यस्ता शब्दहरु संविधान, कानुन तथा भाषणहरुमा प्रशस्त भएपनि यथार्थमा भने यसको अनुभूति हुन नसकेको उहाँले बताउनुभएको हो ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शहीदहरुको सम्मान र सम्झनामा आयोजित श्रद्धाञ्जलि सभामा अध्यक्ष थापाले कागजी रुपमा मात्र नभइ व्यवहारिक रुपमा नै सहिदका सपना पूरा गरेमात्रै उनीहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
राष्ट्र र राष्ट्रियता प्रति समर्पण गर्दै शहादत प्राप्त गरेका शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने भए पनि अहिले शहीदहरुको सपना विपरीत लुटतन्त्र र भ्रष्टाचारले मलजल पाएकोप्रति भने उहाँले दुःख प्रकट गर्नुभयो ।
अहिले दिनहुँजसो जबर्जस्ती धर्म परिवर्तन गराउने क्रम बढ्नु, हत्या, हिंसा, भ्रष्टाचार, बलत्कार जस्ता घटनाले प्रश्रय पाउनुले शहीदहरुको सपनामा तुषारापात हुने अवस्था आएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।