कांग्रेसले बिहीबारकाे संसद बैठक अवराेध गर्ने

 माघ १६, २०७५ बुधबार १८:२९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने अडान लिएकाे छ ।  

सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन गराउने विषयमा छलफल गर्न बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो ।

सत्तापक्षले बलजफ्ती ढंगले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

उहाँले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भीर विषय समावेश गरिएको विधेयक जबर्जस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको पनि स्पष्ट पार्नुभयो । प्रमुख सचेतक खाँडले विधेयक राष्ट्रिय सभाबाट सच्याउन पनि सरकारलाई सचेत गराउनु भयो । सो विधेयकमा गम्भीर राष्ट्रिय बहसको आवश्यक्ता रहेको प्रमुख सचेतक खाँडको तर्क छ ।

डा. गोविन्द केसीको कतिपय माग विपरीत सत्तापक्षले त्याे विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरुले त्यसको विरोध गर्नुपरेको कांग्रेसको भनाइ छ ।

बिहीबारबाट प्रतिधिसनिभालाई फेरि अगाडि बढाउन सभामुख महराले गर्नुभएको आग्रहलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अस्विकार गरेको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।

गएकाे माघ ११ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधकाबीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएकाे थियाे ।  

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया