अमेरिकामा अण्टार्कटिका भन्दा चिसो, चिसोका कारण ७ जनाको मृत्यु

 माघ १७, २०७५ बिहीबार ८:४:० | एजेन्सी
unn.prixa.net

अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको ज्यान गएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको र करोडौँ मानिस प्रभावित भएको बीबीसीले जनाएको छ ।

चिसोका कारण अमेरिकाको मध्यपश्चिमी भेग धेरै प्रभावित भएको छ । विस्कोन्सिन, मिसीगन र एलिनोइसका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको छ । उत्तरी डाकोडाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ । 

सिकागो राज्यका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि चिसो रहेको बताइएको छ । त्यहाँ रेलमार्गमा आगोले हिउँ पगालेर रेल चलाइएको छ । यो हप्ताको अन्त्यसम्ममा अमेरिकाका २ करोड मानिसले माइनस २८ वा त्यो भन्दा कम तापक्रमको महसुस गर्ने अनुमान गरिएको छ । 

अमेरिकी मौसम पूर्वानुमान केन्द्रका अनुसार केही ठाउँमा बिहीबार दिनैभरि नै हिमपात हुने सम्भावना छ । विस्कोन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ । 

सरकारी अधिकारीहरुले सर्वसाधारणलाई बाहिर निस्कदा गहिरो सास नलिन र सकेसम्म कम बोल्न सुझाव दिएका छन् । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया