ठाेरी गाउँपालिकाकाे केन्द्र घ्याङडाँडा सार्न मन्त्रिपरिषद बैठककाे स्वीकृति

 माघ १७, २०७५ बिहीबार १९:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सर्ने भएको छ । गाउँपालिकाको वडा नम्बर-५, सुवर्णपुरमा रहेको सेवा केन्द्र अब वडा नम्वर ४ घ्याङडाँडा सर्ने भएको हो । 

गाउँपालिकाको भेलाले गरेको निर्णय मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि सेवा केन्द्र सर्ने भएको हो । 

गएको एक वर्ष अघि माघ १५ गते बसेको गाउँ भेलाले ठोरी गाउँपालिका–५ मा रहेको सेवा केन्द्र वडा नं ४ घ्याङडाँडामा सार्ने निर्णय गरेको थियो । 

तर गाउँपालिकाले गरेको निर्णयको तत्कालिन समयमा सुवर्णपुरका स्थानीय बासिन्दाले विरोध गरेपछि सेवा केन्द्र निर्णय गरिएको ठाउँमा सर्न सकेको थिएन । 

गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले गाउँपालिका बैठकले सेवा केन्द्र सार्ने गरेको निर्णय स्वीकृत गर्दै केन्द्र परिवर्तन भएको निर्णय गरेको छ । 

गाउँपालिकाका अध्यक्ष पदमबहादुर श्रेष्ठले मन्त्रिपरिषदको निर्णय स्वागत योग्य भएको भन्दै अब छिट्टै तोकिएको नयाँ ठाउँबाट सेवा दिने काम सुरु गर्ने बताउनुभयो । 

यस्तै मन्त्रिपरिषद् बैठकले डोटीको बोगाटन गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । नाम परिवर्तन पछि अब त्यस गाउँपालिकाको नाम बोगाटन फोड्सिल हुनेछ । 

गएको असार १० गते बसेको गाउँपालिका बैठकले नाम परिवर्तन गर्ने निर्णय गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको  बोगाटन गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्शिलाले बताउनुभयो ।   

मन्त्रिपरिषद बैठक : खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मिलाएर छुट्टै आपूर्ति कम्पनी बनाउने

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया