५ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

 माघ १८, २०७५ शुक्रबार ९:०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दाङमा एक किशोरलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं २ रामपुरका १८ वर्षीय मुकेश विकलाई प्रहरीले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नं ४ की ५ वर्षीया बालिकालाई गएको शनिबार घर नजिकैको खोलामा लगेर जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
 
पक्राउ परेका विकलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (१८ को दफा २१९ बमोजिम (करणी सम्बन्धी)  कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको र बालिका सामान्य उपचार पछि अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया