सुतिरहेकै ठाउँमा महिलाको मृत्यु

 माघ १८, २०७५ शुक्रबार ९:१८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – पूर्वीचौकी गाँउपालिका ५ मा २१ वर्षीया पार्वती बोगटी सुतिरहेकै कोठामा मृत फेला परेकी छिन् । जेठानीको घरमा खाना खाएर आफ्नै घरको कोठामा सुतेकी बोगटी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।

राति सुतेको कोठामा मृतक बोगटीले आगो बालेको र कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

मृतकको पोष्टमार्टम गर्न जिल्ला स्वास्थ्य कार्यालय डोटीमा बिहीबार राति नै शव पुर्‍याइएको भए पनि पोष्टमार्टम गर्ने डाक्टर नभएका कारण उनको शव पोष्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाउने तयारी भएको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । मृतक बोगटीका श्रीमान शंकर रोजगारीका लागि कोरियामा हुनुहुन्छ ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया