आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले शुक्रबार देशभरीका अस्पतालमा आकस्मिकबाहेक अन्य कक्षमा काम नगर्ने भएका छन् । २४ दिन भैसक्दा पनि डाक्टर केसीको अनशन तोडाउन सरकारबाट कुनै पहल नभएपछि सरकारको ध्यानाकर्षण गराउन शुक्रबार सरकारी तथा नीजि अस्पतालका आकस्मिक बाहेकमा कक्षमा काम नगर्ने घोषणा गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिनुभयो ।
डा. केसीका बारेमा सरकार गम्भीर भएपछि बाध्य भएर उपचार सेवा नै बहिष्कार गर्नुपरेको उहाँको भनाई छ । २४ दिनदेखि अनसनमा रहेका डाक्टर केसीको उपचारमा संलग्न डाक्टरले उहाँलाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने भने पनि केसीले आईसीयूमा भर्ना हुन मान्नुभएको छैन । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनको माग गर्दै केसी अनशनमा बसे पनि दुवै सदनबाट बहुमतले यो विधेयक पारित भैसकेको छ ।
यसैबीच अनसन तत्काल तोड्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले डाक्टर केसीलाई आह्वान गरेको छ । नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा रहेकाले यो ऐन कार्यान्वयन गर्नको लागि अनसन तोडेर छलफलमा आउन पनि डाक्टर केसीसँग आग्रह गर्नुभयो । डाक्टर केसी र विज्ञसँगको छलफलपछि नै डाक्टर केसीको माग अनुसार विधेयक तयार गरिएको उहाँले दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।