लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

 माघ १८, २०७५ शुक्रबार १५:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ ।

अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपा वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा जालपामा शुक्रबारदेखि दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको हो । 

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिलस्तम्भ खोलेर उत्सव उद्घाटन गर्नुभएको हो । ‘किसानको साथी’का रुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमिका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको हो । 

लाटोकोसेरो तथा हुचिल उत्सवका कारण जालपामा चहलपहल बाक्लो भएको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एवं वडाध्यक्ष विकास राईले बताउनुभयो । लाटोकोसेरो तथा हुचिल उत्सवस्थलमा जिल्ला तथा जिल्ला बाहिरका स्थानीयको सहभागिता रहेको छ । 

अवैध चोरीनिकासी, वन विनास, विषादिको प्रयोग लगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया