आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - सरकारले नेपाल टेलिकममा रहेको आफ्नो २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेकोमा २६ प्रतिशत सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो ।
नेपाल टेलिकमलाई जनताको कम्पनीको रुपमा विकास गर्न पनि सरकारले आफ्नो स्वामित्वमा रहेको ९२ प्रतिशत सेयरमध्येबाट २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना अघि सारेको हो । मन्त्री बास्कोटाले सेयर बाँडफाँडको विधिका विषयमा पनि छलफल भइरहेको बताउनु भयो । सबै प्रदेश, कर्पोरेट हाउस, ठूला उद्यमीहरुलाई पनि समानुपातिक ढंगले वितरण हुने गरी सो सेयर बाँडफाँड गर्ने मन्त्री बास्कोटाको योजना छ ।
नेपाल टेलिकममा हाल ९२ प्रतिशत सेयर सरकारको रहेको छ बाँकी ८ प्रतिशत सेयर टेलिकमका कर्मचारीसहित पब्लिकको रहेको छ । मन्त्री बास्कोटाले अब ६६ प्रतिशत सेयर मात्रै सरकारले राखेर बाँकी २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने बताउनु भयो ।
मन्त्री बास्कोटाले मुनाफा बाहिर जाने भएकाले नेपाल टेलिकमलाई अघि बढाउन रणनीतिक साझेदार खोजी नगर्ने निर्णय लिइएको पनि स्पष्ट पार्नु भयो । रणनीतिक साझेदारले आफूले पाएको मुनाफा आफ्नै देशमा लैजाने भएकाले आफूहरुले रणनीतिक साझेदार ल्याउन नचाहेको मन्त्री बास्कोटाको भनाइ छ ।
उहाँले नेपाल टेलिकमले प्रगति गरिरहेको र त्यसमा जनताको अपनत्व अनुभूति गराउन पनि आफूहरुले सर्वसाधारणको लागि उल्लेख्य सेयर जारी गर्ने तयारी गरेको पनि स्मरण गराउनु भयो ।
नेपाल टेलिकममा बजार पूँँजीकरण हाल १ खरव ८ अरव १५ करोड रहेको छ । यसको हाल ल्यान्डलाइन, जीएसएम मोबाइल, सीडीएमए र इन्टरनेट सेवा गरि एक करोड भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।