काठमाण्डौबाट १ सय २४ जना चोर पक्राउ

 माघ १८, २०७५ शुक्रबार १७:५१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रहरीले चोरीमा संलग्न १ सय २४ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी काठमाण्डौको विभिन्न स्थानमा चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ परेकाहरु अधिकांशले दिउँसोको समयमा घरमा गएर नगद, सुनचाँदीलगायतका सामग्री चोरी गरेको पाइएको पनि परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये ३ जना महिला र २१ जना पुरुषलाई पूर्पक्षका लागि थुनामा राखिएको पनि प्रहरीले जनाएको छ । अन्यको भने अनुसन्धान भैरहेको पनि परिसरका प्रमुख लामाले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाले गएको माघ १५ गतेबाट काठमाण्डौमा चोरी नियन्त्रणका लागि संयुक्त रुपमा विशेष अभियान नै सञ्चालन गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया