आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
पर्सा - वीरगञ्जको ट्राफिक व्यवस्थापन चुस्त बनाउन विभिन्न स्थानमा स्मार्ट ट्राफिक आइल्याण्ड राख्ने काम सुरु भएको छ ।
अहिले बजारको मुख्य चोक घण्टाघरमा प्रयोगस्वरुप स्मार्ट ट्राफिक आइल्यान्ड राखिएको छ । छिट्टै नै माइस्थान चोक, बसपार्क क्षेत्रमा पनि यस्तो आइल्याण्ड राखिने ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । निजी क्षेत्रकाे सहयाेगमा यस्ताे आइल्याण्ड राखिएको हाे ।
यो सँगै प्रहरीले जथाभावी पार्किङ गर्न रोक लगाउँदै पार्किङका लागि निश्चित ठाउँ तोकेको छ । जथाभावी पार्किङ गर्नेलाई कारवाही अभियान चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो ।
यस्तै सवारी दुर्घटना न्यूनिकरण गर्न विभिन्न उपाय अपनाइएको उहाँले बताउनुभयो । ट्राफिक प्रहरी कार्यालयले यसका लागि सवारी साधनको पछाडिको भागमा रातमा टल्किने (रिफ्लेक्टीभ) स्टीकर टास्ने कामलाई निरन्तरता दिएको छ ।
ट्याक्टर, रिक्सा, तथा ठूला सवारीमा पनि यस्तो टाँस गर्ने काम भएको ट्राफिक प्रमुख सिंहले बताउनुभयो ।
रिक्सा, टेम्पो, टाँगा जस्ता सवारीका कारण सबैभन्दा बढी ट्राफिक व्यवस्थापनमा चुनौति रहेको भन्दै उहाँले त्यसका लागि छुट्टाछुट्टै रुटको व्यवस्था गरेर अघि बढीएको बताउनुभयो ।
साँघुरो सडक र साना सवारी साधनको चापले बढी समस्या निम्तिएकाले त्यसलाई व्यवस्थापन गर्न सामुदायमा आधारित रहेर विभिन्न अभियान पनि चलाइएको ट्राफिक प्रमुख सिंहले बताउनुभयो ।
पछिल्लो समयमा हर्न निषेध भएपछि सँधै सवारी साधनका चर्को आवाजले कोलाहल हुने वीरगञ्ज पनि शान्त बन्न लागेको स्थानीय अफरोज आलम बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।