आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर सरकारको विरोधमा प्रदर्शन गर्दै छ ।
दुई तिहाइको बलमा सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशैभरका ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्दैछ ।
त्यसका लागि कांग्रेस शीर्ष तथा केन्द्रीय नेताहरू जिल्ला-जिल्लामा पुगिसकेका छन् । कांग्रेसले रत्नपार्कस्थित शान्तिबाटिकाबाट प्रधानमन्त्रीको पुत्लासहितको र्याली निकालेको छ ।
प्रधानमन्त्रीजी वाइडबडी काण्ड कता हरायो भनेर व्यङ्ग्यात्मक ढंगले विरोध गरेका हुन् । नेपाली कांग्रेसको विराेध प्रदर्शनमा वाइडबडी जहाज प्रकरणमा सरकारले छानबिनमा ढिलाइ गरेकाे भन्दै प्रतिकात्मक जहाज पनि उडाइएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।