भेनेजुएला प्रकरणलाई अनावश्यक उचाल्न खोजियो : डा. भट्टराई

 माघ २१, २०७५ सोमबार १७:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भेनेजुएला प्रकरणलाई आवश्यकता भन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको आरोप लगाउनुभएकाे छ ।  

भौगोलिक र विविध सम्बन्धका हिसावले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविष्यको फैसला नै यसैले गर्ने गरी हल्ला गरिनु आवश्यक नभएको भट्टराईले बताउनुभयाे । 

सोमबार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा डा. भट्टराईले सरकार संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नताको सिद्धान्त, पञ्चशीलका सिद्धान्तमा रहेर बनेको विदेश नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशमा आन्तरिक समस्या आउँदा त्यसको समाधानका लागि निर्णय गर्ने अधिकार त्यही देशका नागरिकले पाउनुपर्छ भन्ने धारण नै सरकारको आधिकारिक धारणा रहेको बताउनुभयाे ।

पार्टी र सरकारको आ-आफ्नै सीमा र मर्यादा हुने भएकाले कतिपय पार्टीको धारणलाई सरकारकै आधिकारिक धारणाकै रुपमा बुझ्न नहुने विचार पनि उहाँले व्यक्त गर्नुभयाे । उहाँले नेपालको अमेरिकासँग निकै लामो समयदेखि बहुआयमिक र गहिरो सम्बन्ध भएकाले कुनै विषयमा सामान्य मतान्तर रहे पनि त्यसले सदियौँ देखिको सुमधुर सम्बन्धमा चिसोपना नआउने बताउनुभयाे ।

कुनैपनि सार्वभौमसत्ता सम्पन्न देशले स्वतन्त्र रुपमा आफ्नो निर्णय गर्ने अधिकार पाउनुपर्ने र त्यसमा कुनै पनि समस्या आएमा शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान खोजिनुपर्छ भन्ने नै सरकारको वक्तव्यको मुख्य सार रहेका भन्दै भट्टराइले त्यसमा कांग्रेसको किन असहमति भन्ने बारे आफूले नबुझेकाे उहाँले बताउनुभयाे ।  

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया