युक्रेनी राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल आक्रमण, ...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले प्लाष्टिकको टयांकरमा दूध खरिद बिक्री गर्नेमाथि कडा कारबाही गर्ने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लाष्टिकको टयांकरमा दूध खरिद बिक्री गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएको हो । सोमबारभक्तपुरको जगातीमा दूधको टयांकरहरुको अनुगमन गरेको विभागले त्यहाँ पनि प्लाष्टिकको टयांकर प्रयोग गरी दूध आयात गरिएको पाइएपछि उनीहरुलाई पनि आइन्दा त्यसो नगर्न सचेत गराएको छ । विभागको निर्देशिका विपरीत प्लाष्टिकको टयांकरमा दूध ल्याएको पाइएपछि त्यस्तो काम गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिइएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिनुभयो ।
विभागले मानव स्वास्थ्य प्रतिकूल हुने भएकाले प्लाष्टिकको टयांकरमा दूध बोक्न नहुने निर्देशिका जारी गरेको छ । तर जगाती चेक पोष्टमा सोमबार गरिएको अनुगमनमा दूध प्लाष्टिकको टयांकरमा पनि ल्याइएको पाइएपछि विभागले कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत मोबाइल भ्यान प्रयोग गरी खाद्य बस्तुहरुको अनुगमनको कामलाई तीव्रता दिँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।