आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
रसुवा – चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिनामा रसुवागढी नाका हुँदै १३ करोड मूल्य बराबरको वनजन्य सामग्री चीनतर्फ निर्यात भएको छ ।
नेपालमा काठबाट बनेका सामग्रीको चीनमा माग बढ्दै जाँदा सामग्रीको निर्यात बढेको हो । ६ महिनामा १३ करोड ९१ लाख १७ हजार मूल्य बराबरको सामग्री चीनमा पठाइएको क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको छ ।
रसुवागढी नाका सञ्चालन भएदेखि हालसम्मको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा सबैभन्दा बढी सामग्री निर्यात भएको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा २ करोड ७३ लाख ६७ हजार, आर्थिक वर्ष २०७३/७४ मा ३ करोड ४४ लाख ८६ हजार र गत आर्थिक वर्ष २०७४/७५ मा २ करोड ९७ लाख ९० हजार मूल्य बराबरको सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ९ करोड ९६ लाख ९३ हजार ५ सय मूल्य बराबरको ८ हजार ६ सय ६९ केजी ह्याण्डीक्राफ्ट, २ करोड २७ लाख बराबरको ३१ हजार केजी सतुवा, ५३ लाख ३४ हजारको २१ हजार ३ सय ३६ वटा बाँसको मुडा, ४८ लाख ७ हजार ८ सयको काठको सामग्री, ७ लाख ५० हजारको ३ हजार केजी ब्रस रुमलगायतका सामग्री निर्यात भएको हो ।
वनजन्य सामग्रीको निर्यात बढेको भएपनि कृषिजन्य सामग्रीको निर्यात सुरु नभएको कार्यालयका प्रमुख एंव वरिष्ठ बाली संरक्षण अधिकृत कुलदीप घिमिरेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।