रानीपोखरी पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई

 माघ २१, २०७५ सोमबार १९:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रदान गरेको छ । 

माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदायलगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताउनुभयो । ‘परम्परागत शैली र मौलिकतालाई विेशेष ध्यान दिई पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाइनेछ’, उहाँले भन्नुभयो । 

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुट र शिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञहरुले दिएको सुझावसमेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन  तथा नागरिक उडडयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाण्डौ महानगरपालिकालगायतसँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुट र शिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ । 

प्राधिकरणले भूगर्भविद्हरुबाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञहरुले तीन सय फीट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् । 

‘हामीले रानीपोखरीको वरिपरिको भाग पनि प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नेछौँ’, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया