सिन्धुली जीप दुर्घटना (अपडेट) : ज्यान गुमाउने पाँचै जनाको परिचय खुल्यो

 माघ २४, २०७५ बिहिबार १३:१५:९ | बाबुराम देवकोटा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिन्धुली – सिन्धुलीको फिक्कल गाँउपालिका–२, चण्डीभञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् ।

जिल्लाकै महादेवडाँडाबाट १२ जना यात्रु बोकेर खाङसाङमा आज सञ्चालन भएको स्वास्थ्य शिविरतर्फ जाँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहान ९ः३० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ वर्षीया तीलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत र वडा नं. ३ निवासी ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेका छन् । 

दुर्घटनाका गम्भीर घाइतेहरु चालक मानबहादुर सुनुवार, गंगामाया विक र दिपक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

अन्य चार जना यात्रु भने सामान्य घाइते रहेका प्रहरी  नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया