चलानको माग गर्दै किसानद्वारा महोत्तरीको एभरेष्ट चिनी उद्योग बन्द

 माघ २४, २०७५ बिहिबार २०:३१:६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - उखु आपूर्ति पुर्जी (चलान) को माग गर्दै महोत्तरीको किसानहरुले गौशालामा रहेकाे एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड बन्द गराएका छन् ।

स्थानीय किसानहरुले समयमै चलानको माग गर्दै बिहीबार दिउँसो २ बजेदेखि मिल बन्द गराएका हुन् ।

स्थानीय किसान देवकुमार महतोका अनुसार उखुको मूल्य निर्धारणसम्बन्धी विवादका कारण गएकाे वर्षको तुलनामा एक महिना ढिलो गरी मिल सञ्चालनको भएकाे हो । माघ महिना बित्न लागेको समयमा उद्योगले चलान नदिएपछि उखुको तौल घट्नुको साथै गर्मीको समयमा उखु काट्नका लागि समस्या हुने गरेकाले  किसानहरुले समयमै चलान पाउनुपर्ने किसान महतोले दावी गर्नुभयाे ।

चलानको सम्बन्धमा ठोस निर्णय नहुन्जेलसम्मको लागि मिल बन्द कायम नै रहने मिल व्यवस्थापन पक्षले जनाएको छ । उद्योगले हालसम्म ७ लाख ७४ हजार क्विन्टल उखु क्रसिंग गरेको मिलको प्रशासन शाखाले जनाएको छ ।

एभरेष्ट चिनी उद्योगले याे वर्षको लागि पुसको पहिलो हप्तादेखि उखु पेल्ने काम सुरु गरेको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया