मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार

 माघ २५, २०७५ शुक्रबार ८:१८:१० | रासस
unn.prixa.net

मणिपुरकाे इम्फाल

काठमाण्डाै - मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार गरिएको छ ।

विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मणिपुरको इम्फाल पुर्‍याइएका ३२ पुरुष र १४७ महिलालाई उद्धार गरिएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ । 

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सुलर (सहचारी) प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्धार गरेको प्रहरीले बिहीबार जनाएको छ । 

उद्धार गरिएकालाई नेपाल ल्याउन प्रक्रिया सुरु गरिएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मणिपुरमा पहिलो यस्तो घटना भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उनीहरुलाई नेपाल ल्याइएपछि थप कारण खुल्ने बताउनुभयो ।

विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको भन्दै सुवेदीले यसका बारेमा भारतका प्रहरीसँग समेत सूचना सङ्कलन गरिने जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया