सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नतिर लाग्यो : प्रचण्ड

 वैशाख १३, २०८२ शनिबार १६:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार शिक्षकहरूको माग सम्बोधन गर्नुको साटो अपमान गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको आरोप लगाउनुभएको हो ।

अदालतले आदेश जारी गरिसक्दा पनि सरकार समाधान खोज्नतर्फ नलागेको भन्दै अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि बढ्न आफूहरू लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नेकपा (माओवादी केन्द्र) शिक्षकहरुसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया