संसदमा बोलिएका गलत कुराको तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

 वैशाख १३, २०८२ शनिबार १६:४१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । आज बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै ओलीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले राष्ट्रलाई विभिन्न ढङ्गले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरूविरुद्ध स्पष्ट धारणा राख्न आग्रह गर्नुभयो । देशभन्दा ठूलो अरू नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरूको मुखुण्डो उतार्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले गलत कुराको प्रतिवाद तत्कालै गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसअघि आजै लुम्बिनीमा चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति आजको सबैभन्दा बढी आवश्यकता भएको बताउनुभएको छ । अहिले युद्धका बादलहरु मडारिरहेको उल्लेख गर्दै दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? भन्ने डर रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि पनि शान्तिको आवश्यक अपरिहार्य रहेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया