एक वर्षअघि नै  साउदी राजकुमारले पत्रकार खशोग्गीलाई ‘गोलीले उडाइदिन्छु’ भनेका थिए : अमेरिका

 माघ २५, २०७५ शुक्रबार ११:३४:१८ | एजेन्सी
unn.prixa.net

साउदी राजकुमार माेहम्मद बिन सलमान

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले आफ्ना एक वरिष्ठ सहयोगीसँग पत्रकार जमाल खशोग्गीलाई ‘गोली हान्दिन्छु’ भनेको अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।

अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्सले अमेरिकी गुप्तचर संस्थालाई उद्धृत गर्दै यो समाचार छापेको छ । 

न्यूयोर्क टाइम्सका अनुसार राजकुमार सलमानले खशोग्गीको हत्या हुनुभन्दा ठीक एक वर्ष पहिले इस्तानबुलमा रहेको साउदी दूतावासका एक वरिष्ठ अधिकारीसँग खशोग्गीको हत्याका बारेमा कुरा गरेका थिए । 

पत्रकार जमाल खशाेग्गी

अखबारले अमेरिकी गुप्तचर संसारभरले मित्रराष्ट्र तथा शत्रु राष्ट्र सबैका नेताहरुको कुराकानी रेकर्ड गर्दछ । साउदी राजकुमार र दूतावासका अधिकारीबीचको कुराकानी पनि अमेरिकी गुप्तचर अधिकारीहरुसँग पुगेको अखबारले जनाएको छ । 

खशोग्गी हत्या प्रकरणको अनुसन्धानका क्रममा यो संवाद ट्रान्सक्राइब गरिएको बताइएको छ । अखबारका अनुसार यो संवाद राजकुमार सलमान र अधिकारीबीच सेप्टेम्बर २०१७ मा भएको थियो । 

गएको अक्टोबर २ तारिखका दिन टर्कीमा रहेको साउदी दूतावासभित्रै पत्रकार जमाल खशोग्गीको हत्या भएको थियो । हत्यामा साउदी राजकुमारको पनि संलग्नता रहेको आशंका गरिएको छ । 

पत्रकार खशोग्गी साउदी सरकारका कट्टर आलोचक मानिन्थे । 

याे पनि पढ्नुहाेस्

यसरी गरियो साउदी दूतावासभित्र पत्रकार खशोग्गीको हत्या !

पत्रकार खशोग्गीलाई दिएको यातना सुन्नै नसकिने

‘पत्रकार खशोग्गीको शव टुक्रा–टुक्रा पारेर एसिडमा जलाइयो’

खशोग्गी हत्याका बारेमा साउदी युवराजले के भने ?

खशोग्गीको हत्या भएको साउदीले स्वीकार्‍याे, राजकुमारले आदेश नदिएको दाबी

साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया