दीपिका पादुकोण र रणवीर सिंहको विवाह नोभेम्बर १० मा हुने पक्का

 असार ७, २०७५ बिहीबार १६:२७:३३ | एजेन्सी

लामो समय प्रेममा रहेका अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह होला कि नहोला भनेर अन्यौलमा बस्ने दिन सकिएका छन् ।

विवाह यही वर्षमा हुने वा नहुने भन्ने खबरहरुको आइरहे पनि अब भने विवाहको मिति अन्ततः टुंगो लागेको छ । अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले यसै वर्षको नोभेम्बर १० मा विवाहको लगनगाँठो कस्न लागेको खबर सार्वजनिक भएको छ । 

केही हप्ता अगाडि दुवैले नोभेम्बर १० मा विवाह गर्न लागेको हल्ला चलेको थियो । अहिले त्यो हल्ला सही सावित भएको छ ।  खबरहरुका अनुसार विवाहको मितिका टुंगो लगाउन धेरै समय लागेको थियो । किनकी रणवीर सिंह र दीपिका आफ्नो विवाह एकदमै व्यवस्थित तथा सही तरिकाले सम्पन्न होस् भन्ने चाहन्छन् । रणवीर दीपिकाका साथै घर परिवारका सदस्यहरुको लागि समेत नोभेम्बर १० को मिति अनुकुल हुने भएकाले यो जोडीले उक्त मिति रोजेका हुन । विवाहको मिति केही हप्ता अगाडि मात्रै टुंगो लागेको बताइएको छ ।

विवाहको कार्यक्रम भारतभन्दा बाहिर इटाली वा भारतकै बेङ्लोर वा दुवै स्थानमा हुन सक्ने सम्भावना रहेको छ । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले पनि इटालीमा विवाह गरेर भारतमा रिसेप्सन राखेका थिए । दीपिका रणवीरले पनि विरुष्काकै बाटो पछ्याउन सक्ने सम्भावना पनि रहेको छ ।  

दीपिका र रणवीरको परिवारले राजस्थानको उदयपुरमा रहेको दरबारमा विवाह गर्ने सोच बनाएका थिए तर उक्त योजना पूरा हुन सकेन । अहिले दुवै परिवारमा विवाहको तयारी धमाधम चलिरहेको छ । दुलही पक्ष किनमेलका व्यस्त हुन थालिसकेका छन् भने अभिनेता रणवीर सिंह फिल्मी करियरको उचाइमा रहेको बेला भइरहेको विवाहलाई लिएर निकै उत्साहित छन् । किनकी अहिले उनको व्यावसायिक जीवन तथा व्यक्तिगत जीवन सफलताको उचाइमा छ । 

उता दीपिका पादुकोण पनि विवाहका लागि भनेर समय साँचेर बसेकी छिन् । उनले पछिल्लो समयमा कुनै पनि फिल्म साइन नगर्नुलाई पनि विवाहसँग जोडेर हेरिएको छ । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया