उपचुनाव : आज राति १२ बजेदेखि मौन अवधि, सामाजिक सञ्जालबाट ...
बैशाख १२, २०८१ बुधबार
सिरहा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहा आउँदा आफूलाई माइती गाउँ आएजस्तै खुशी लाग्ने गरेको बताउनुभएको छ ।
‘एउटी चेलीलाई माइती जाँदा जति खुशी लाग्छ त्यो भन्दा बढी खुशी मलाई सिरहा आउँदा लाग्छ’, अध्यक्ष प्रचण्डले सोमबार एक स्वास्थ्य चौकीको उद्घाटन गर्दै भन्नुभयो ।
सिरहाको अर्नमा गाउँपालिका–१, महनौरमा रहेको तीन तले स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै प्रचण्डले दोस्रो संविधानसभाको चुनावमा सिरहाका नागरिकले मतदान गरेर आफूलाई विजयी बनाएको स्मरण गर्दै सिरहालाई माइती गाउँको संज्ञा दिनुभएको हो ।
‘एउटी छोरी माइत जाँदा जती खुशी हुन्छिन्, त्यस्तै म पनि सिरहा आउन पाउँदा खुशी हुन्छु’, अध्यक्ष प्रचण्डले भन्नुभयो । यस्तै सिरहाकै मिर्चैयामा आयोजित ‘मिर्चैया प्रथम महोत्सव’ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मधेशी समुदायको माग संविधानमा समेट्ने गरी छिट्टै संविधान संशोधन गरिने बताउनुभयो ।
अहिले पनि मधेशी नागरिकले राज्यबाट आफूहरु विभेदमा परेको महसुस गरेको जानकारी आफूलाई राम्रोसँग अवगत रहेको भन्दै उहाँले मधेशी समुदायको भावना, उद्देश्य र विचारलाई समेट्न संविधान संशोधन गर्न पहल थाल्ने बताउनुभयो ।
यस्तै अध्यक्ष प्रचण्डले सदनमा प्रस्तुत भएको नागरिकता विधेकले मधेसी समुदायको केही मागहरु समेटेको भन्दै सदनबाट पास भएपछि अब सदाका लागि नागरिकताको समस्या समाधान हुने बताउनुभयो । ‘अहिले जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तान ठूलो समस्यामा छन्,’ उहाँले भन्नुभयो, ‘विधेयक पास भएपछि उनीहरुले वंशजका आधारमा नागरिकता पाउँछन् र अहिले देखिएको नागरिकता समस्या सदाका लागि समाधान हुन्छ ।’
देश समृद्ध बनाउने अभियानमा जो कसैले लगानी गरे पनि फरक नपर्ने पनि उहाँले बताउनुभयो ।
उत्पादन वृद्धि, रोजगारीको लागि विदेस गएका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने सवालमा जसले जहाँ लगानी गरे पनि फरक नपर्ने उहाँले भनाइ थियो ।
सार्वजनिक र निजी क्षेत्रको सहकार्यामा विकासलाई गति दिन सकिने भन्दै उहाँले त्यसका लागि सबैले आ–आफ्नो स्थानबाट लगानी गर्न आग्रह पनि गर्नुभयो ।